GJADC ( बृहत्तर जनकपुर)

जनकपुरधाम, मधेश प्रदेश | gjadcjnk2055@gmail.com
  +९७७-०४१-५२४०३०
प्राकृतिक सम्पदा हाम्रो सबको सम्पति हो, सबै जना यसको सरक्षण गरौँ | प्राकृतिक सम्पदाको संरक्षण गरेर भावी पुस्तालाई सुन्दर धर्ती हस्तान्तरण गरौँ

परिचय

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् ऐन,२०५५

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को स्थापना र व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना : जनकपुर र यसको माध्यमिकी (पञ्चकोशी ) परिक्रमा क्षेत्रभित्रको धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वका मठ, मन्दिर, सरोवर र स्थलहरूको सुरक्षा, सम्भार र विकास गर्ने तथा बृहत्तर जनकपुर क्षेत्रको सामाजिक, आर्थिक र साँस्कृतिक विकासका पूर्वाधारहरू विकसित गर्दै सुव्यवस्थित तीर्थस्थल एवं धार्मिक क्षेत्रको रूपमा योजनाबद्ध ढंगले विकास गर्न बृहत्तर जनकपुर क्षत्र विकास परिषद्को स्थापना र व्यवस्था गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको सत्ताईसौं वर्षमा संसदले यो ऐन बनाएको छ ।